१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं । सिरहामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा नगरपालिका-७ प्रेमनगर बस्ने २५ वर्षीय राजेश राउतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

राउतले ती किशोरीलाई फकाई फुलाई आफ्नो घरमा बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?