नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं – जारी स्थायी कमिटी बैठक आगामी साउन ४ गते आईतबारसम्मको लागि सारेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय समिति बैठक डाकेको छ ।

साउन ३ गते (भोली ) का लागि बैठक बोलाइएको खबर छ । बैठक दिउँसो ३ बजे बस्नेछ ।

आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

बैठकमा भोली साउन ३ गते शनिबार दिउँसो ३ बजे सचिवालय बैठक बोलाउने सहमती भएको सचिवालयका एक सदस्यले लोकपथलाई जानकारी दिए ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् : 

फेरी सर्‍यो सत्तारुढ नेकपा स्थायी कमिटी बैठक, साउन ४ गते बस्ने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?