ब्लेडले काटेर आत्महत्याको प्रयास

काठमाडौं – वन्यजन्तु चोरी शिकारी आरोपमा पक्राउ परेका एकजना थुनुवाले थुनुवा कक्षमा नै ब्लेड (पत्ति)ले काटी आत्महत्या प्रयास गरेका छन् ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ औराहा टोल बस्ने ४५ वर्षिय लक्ष्मी माझीले थुनुवा कक्षमै ब्लेड (पत्ती)ले घाँटी रेटेका हुन् ।

रक्तस्रावका कारण अचेत अवस्थामा भेटिएका उनलाई उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा भर्ना गरिएको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । थुनुवा कक्षमा दुई जनालाई राखिएकोमा एक जना धरौटीमा छुटेका थिए । त्यसपछि माझी त्यहाँ एक्लै थिए ।

थुनुवा कक्षमा रगत लागेको ब्लेड पत्ती भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। खाना दिन जाँदा उनलाई थुनुवा कक्षमा बेहोस अवस्थामा भेटिएका हुन् ।

राष्ट्रिय निकुञ्ज भित्रबाट अवैध रुपमा शिकार गरी ल्याएको चित्तलको मासु पकाएर खाँदै गरेको अवस्थामा गत असार १६ गते माझी हतियारसहित पक्राउ परेका थिए ।

ब्लेड (पत्ती) थुनुवा कक्षसम्म कसरी पुग्यो भन्ने प्रश्न राख्दा यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।सांकेतिक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?