फेरी सर्‍यो सत्तारुढ नेकपा स्थायी कमिटी बैठक, साउन ४ गते बस्ने

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आजका लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिएको जानकारी अनुसार पर्सि आईतबार साउन ४ गते ३ : ०० बजे बस्नेगरी स्थायी कमिटी बैठक स्थगित भएको हो ।

एक साताअघि आज बिहान ११ बजे बस्ने भनि स्थगित गरिएको बैठक आजै दिउँसो ३ : ०० बजेसम्मका लागि भन्दै सारीएको थियो ।

यसअघि आज बिहान स्थायी कमिटी बैठक केहि घण्टाका लागि स्थगित भएको जानकारी दिँदै पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?