कोरोना कहर : ब्राजिलमा २० लाख नाघे संक्रमित, कति पुगे मृतक ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ९२ हजार ६९० जनाको मृत्यु भईसकेको छ भने १ करोड ३९ लाख ४९ हजार ४३२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८२ लाख ७९ हजार ९६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५९ हजार ९३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच ब्राजिलमा अहिलेसम्म २० लाख १४ हजार ७३८ जनालाई संक्रमण भएको छ भने ७६ हजार ८२२ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा १३ लाख ६६ हजार ७७५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ बिहीवार मात्रै ४३ हजार ८२९ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार २९९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?