विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मन्दीतर्फ अग्रसर चिनियाँ अर्थतन्त्रमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ ।
चीनको अर्थतन्त्रमा यो वर्षको दोस्रो त्रैमासिकमा ३.२ प्रतिशतले वृद्धि भएको हो । देशव्यापी रूपमा लकडाउनका कडा नियमहरू लागू गरेका कारण चीनको अर्थतन्त्रमा अघिल्लो तीन महिनामा व्यापक संकुचन आएको थियो ।
भाइरसको संक्रमण विस्तार भएसँगै गरिएका लकडाउनका कारण संसारको दोस्रो ठूलो अर्थतन्त्र सन् २०२० को पहिलो त्रैमासिकमा ६.८ प्रतिशतले ओरालो लागेको थियो । अनपेक्षित रूपमा निकै चाँडो भाइरस नियन्त्रण गर्न सफल भएको चीनको पछिल्ला तीन महिनामा अर्थतन्त्रमा व्यापक सुधार आएको अधिकारीहरूले बताएका हुन् । कान्तिपुरमा याे खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया