ओखलढुंगा, १३ फागुन । एक महिलाले अनौठो बच्चा जन्माएकी छिन् । मानेभन्ज्याङ गाउँपालिका ४, केत्तुके निवासी विपना गुरुङले अनौठो शिशु (छोरी)लाई जन्म दिएकी हुन् २९ वर्षीय विपना र लक्ष्मण गुरुङको पहिलो सन्तानको रुपमा जन्मिएको शिशुको दुईओटा जस्तो देखिने टाउको छ । नवजात शिशुको टाउकोको दायाँपट्टिको भाग निकै ठूलो छ २ किलो ७ सय ग्राम जन्मिएको शिशुको एउटा आँखा, नाक र मुख समेत प्रष्ट देखिदैन शिशुको हात, खुट्टा, तथा शरीरका अन्य अंगहरु भने सामान्य छ । अहिले आमाको स्वास्थ्य अवस्था समेत समेत सामान्य रहेको र शिशुलाई इन्कुवेटरमा राखेर पाइपमार्फत आमाको दुध खुवाएर राखिएको छ । शिशुको अवस्थालाई हेर्दा चिकित्सकहरुले आमाको पेटभित्रै ट्यूमर भएको अनुमान गरेका छन् शिशुलाई केही दिन बढ्न दिएर थप उपचारका लागि काठमाडौं पठाइने अस्पतालका एमडिजिपी चिकित्सक संजय पोख्रेलले बताए डा.पोख्रेलका अनुसार उनको सिटिस्क्यान पछि ट्यूमर हो होइन भन्ने पत्ता लाग्नेछ । यदि ट्यूमर हो भने बाल विशेषज्ञ सर्जनहरु मार्फत शल्यक्रिया गर्न सकिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया