राखेप सदस्य–सचिव पदका लागि २७ जनाको निवेदन, को कहाँका ? (नामावलीसहित)

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिव पदका लागि २७ जनाले आवेदन दिएका छन् ।

राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसँगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट हुन लागिएकोमा सो पदका लागि २७ जनाले आवेदन दिएको राखेपले जनाएको छ ।

नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवाल स्वतः पदमुक्तभएका थिए । त्यही रिक्त रहेको पद पुनःस्थापना गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौलासहितको तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो । सो समितिले एक साताका लागि समय दिएर दरखास्त आह्वान गरेकोमा आज दरखास्त दिने समय सकिएको हो ।

सदस्य–सचिवमा आवेदन दिनेमा निवर्तमान सदस्य–सचिव रमेशकुमार सिलवालसहित ललितपुरका रोशन महर्जन, भरतपुरका अनिल अधिकारी, सोलुखुम्बुका हर्कबहादुर राई, सुनसरीकी मिना श्रेष्ठ, डडेलधुराका शिवराज भट्ट र बाग्लुङका लिलबहादुर थापा मगर रहेका छन्।

त्यसैगरी काठमाडौंका रवि राजकर्णिकार, काठमाडौंकै अचुतम लामिछाने, ललितपुरकी निलमसिंह बज्राचार्य, झापाका मेघराज पौडेल, काठमाडौंका रामेश्वर श्रेष्ठ, ललितपुरका अच्युत खनाल, पोखराका मनबहादुर गुरुङ, मोरङका विजयकुमार राइ, काठमाडौँका सानुराजा केसी र किशोर शाही रहेका छन् ।

ललितपुरका अञ्जु श्रेष्ठ, सुदिल शाही, काठमाडौंका रमेशमान डंगोल, ध्रुवराज न्यौपाने, बाजुराका खेमराज अधिकारी, काठमाडौँका राम पुडासैनी, ललितपुरका सुनिल नकर्मी, काठमाडौँका रणबहादुर चन्द, मकवानपुरका दीपेन्द्र ढकाल र कास्कीका तेजबहादुर गुरुङले सदस्य–सचिव पदका लागि निवेदन दिएको राखेपले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?