रौतहटमा प्रचण्डलाई ५५ किलोको माला

रौतहट, १३ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहटको गुजरा नगरपालिका जङलसहिया धन्सार सडकको उद्घाटन गरेका छन् आइतबार जङलसहिया धन्सार चोकमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले बाटो उद्घाटन गरेका हुन् पूर्वमन्त्री प्रभु साहको पहलमा स्थानीयले जनश्रमदानबाट उक्त ११ किलोमिटर सडक निर्माण गरेका हुन् । सडक निर्माणभएसँगै सो क्षेत्रका ४ वटा नगरपालिकाका जनतालाई निजगढ र पथलैया जान सहज भएको साहले बताए त्यस्तै सडक उदघाटन गर्न पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ५५ किलोको माला लगाइ स्वागत गरिएको छ गुजरा नगरपालिकाका माओवादीका मेयरका प्रत्यासी पलट चौधरीले प्रचण्डलाई ५५ किलोको माला लगाएर स्वागत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?