काठमाडौं । ला लिगा फुटबलमा उपाधिको दाबेदार रियलले भिल्ला रियलको सामना गर्दैछ । अस्थाई घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा रियल र भिल्लाबीचको खेल नेपाली समय अनुसार राति १२:४५ मा हुनेछ ।
रियल घरेलु मैदानमा जित निकाल्दै उपाधि उचाल्न चाहन्छ । रियललाई उपाधिका लागि मात्र २ अंकको आवश्यकता रहेको छ । जसको कारण भिल्लालाई हराउँन सके रियलले एक खेल अगाबै ३४ औं पटक ला लिगाको उपाधि जित्नेछ । बराबरी र हारले अर्को खेल कुर्नुपर्ने हुन्छ ।
रियलले ३६ खेलमा ८३ अंक जोडेको छ । भिल्ला ५७ अंक जोडेर पाचौं स्थानमा रहेको छ ।
दोस्रो स्थानको बार्सिलोनाको ७९ अंक रहेको छ । बार्सिलोनाले बिहीबार राति नै ओसासुनासँग खेल्नेछ । बार्सिलोना घरेलु मैदानमा जित निकाल्दै रियलमाथि दबाब दिन चाहन्छ ।
यदी बार्सिलोना पराजित भएको अवस्थामा रियल च्याम्पियन बन्नेछ ।
यो पनि पढ्नुहोस् : ला लिगा फुटबलमा आज १० खेलहरु हुँदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया