काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ८७ हजार ७७९ जनाको मृत्यु भईसकेको छ भने १ करोड ३७ लाख ३१ हजार ३० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८१ लाख ८१ हजार २५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ६० हजार ३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ४० हजार १८५ जनाको मृत्यु भईसकेको छ भने ३६ लाख १८ हजार ७३९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ लाख ४६ हजार ६८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ४५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४१ जनाको मृत्यु भएको छ भने १ हजार ९१२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म १९ लाख ७२ हजार ७२ जनालाई संक्रमण भएको छ भने ७५ हजार ५६८ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा १३ लाख ६६ हजार ७७५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४५ जनाको मृत्यु भएको छ भने १ हजार १६३ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म २४ हजार ९७६ जनाको मृत्यु भईसकेको छ भने ९ लाख ७४ हजार ७३७ जनालाई संक्रमण भएको छ । त्यस्तै ६ लाख १४ हजार ८९७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४७ जनाको मृत्यु भएको छ भने ४ हजार ५६८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ११ हजार ९३७ जनाको मृत्यु भईसकेको छ भने ७ लाख ५२ हजार ७९७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५ लाख ३१ हजार ६९२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १६७ जनाको मृत्यु भएको छ भने ६ हजार ४२८ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै पेरुमा अहिलेसम्म १२ हजार ४१७ जनाको मृत्यु भएको छ भने ३ लाख ३७ हजार ७२४ जनालाई संक्रमण भएको छ । त्यहाँ २ लाख २६ हजार ४०० जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ३२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चिलीमा अहिलेसम्म कोरोनाबाट ७ हजार १८६ जनाको मृत्यु भएको छ भने ३ लाख २१ हजार २०५ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ९२ हजार ८५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ९१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ४१३ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ४ हजार ५७४ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४५ हजार ५३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९१ हजार ९११ जनालाई संक्रमण भएको छ । त्यहाँ १४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३६ हजार ९०६ जनाको मृत्यु भएको छ भने ३ लाख १७ हजार ६३५ जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ९९ हजार १२९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ५७९ जनाको मृत्यु भएको छ भने ६ हजार १४९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ईरानमा अहिलेसम्म १३ हजार ६०८ जनाको मृत्यु भएको छ भने २ लाख ६७ हजार ६१ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ३० हजार ६०८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार ४७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९८ जनाको मृत्यु भएको छ भने २ हजार ५०० जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ९९७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४३ हजार ५०६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९६ हजार १६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म ५ हजार ४२६ जनाको मृत्यु भएको छ भने २ लाख ५७ हजार ९१४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ७८ हजार ७३७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ९४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४० जनाको मृत्यु भएको छ भने २ हजार १४५ जना नयाँ संक्रमित थपिएका छन् ।
बितेको २४ घण्टामा विश्वमा १ हजार ५८० जनाको मृत्यु भएको छ भने ४७ हजार २२५ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया