बुटवल, १३ फागुन । रुपन्देहीको सालझण्डीका एक विद्यार्थीले शुक्रबार आत्महत्या गरेका छन् । अक्सर्फोड कलेजको व्यवस्थापन संकायमा अध्ययनरत कक्षा १२ का विक्रम सापकोटाले शुक्रबार दिउँसो घरमा आत्महत्या गरेका हुन् तर, सापकोटालाई शिक्षकले अनावश्यक आरोप लगाउँदा उनले आत्महत्या गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् विद्यालय प्रशासनका अनुसार विहानी फिफ्टमा अध्ययनरत विक्रम शुक्रबार कलेज ढिला आएका थिए । विक्रम सँगै अर्का एक विद्यार्थी झण्डै ४० मिनेट ढिला कलेज आएका थिए विद्यालय प्रशासनले सोधपुछ गरी अभिभावकको जिम्मा लगाएको र विक्रम विहान ११ः४५ बजे स्कुल बसमै घर फर्किएका थिए । तर, दिउँसो घरमै आत्महत्या गरे तर, आन्दोलित विद्यार्थीहरुले भन्छन् ‘कलेजले पटक–पटक यातना दिएका कारण विक्रमले आत्महत्या गरेको बताए ।’ उनीहरुले संघर्ष समिति नै बनाएर आन्दोलन जारी गरेका छन् विद्यार्थीहरुका अनुसार शुक्रबार ढिला आएका कारण कलेज प्रशासनले मदिरा सेवन गरेर आएको भन्दै विक्रमका अभिभावकलाई खबर गरेको थियो ‘उसले मदिरा खाएकै थिएन, रगत चेक गर्नुस् भन्दा पनि कलेजले बेवास्था गरी घरमा खबर गरिदियो, त्यही शिक्षकले उसलाई आत्महत्या गर्न मज्बुर बनायो,’ संघर्ष समितिका संयोजक सरोज खनालले भने, ‘शिक्षकहरुले सानो–सानो कुरामा टर्चर दिनुहुन्छ ।’विद्यार्थीहरुले स्थानीय प्रशासनले घटनाको छानबिन गर्न माग गर्दै बुटवल बजारमा प्रर्दशन गरेका छन् भने अक्सफोर्ड कलेजमा प्रहरीले सुरक्षा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया