अमेरिकासँग भड्कियो चीन, भन्यो ‘अब तुफानको सामना गर्न तयार हुनू’

काठमाडौं । अमेरिका र चीनबीचमा अहिले विवाद बढ्दै गएको छ । दक्षिण चीन सागरको विषयलाई लिएर हङकङमा अमेरिका चीनविरुद्ध एक पछि अर्को कारवाही गरिरहेको छ । त्यसैले चीन अमेरिकासँग रुष्ट बनेको छ ।

हङकङको स्पेशल स्टेटस नष्ट गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फैसला पछि चीनले अमेरिकालाई यो धम्की दिएको हो ।

चीनले भनेको छ कि, बेइजिङ सधैँ सबै कुराको हल छलफल गरेर हल गर्न चाहान्छ, तर अमेरिकाले समुन्द्रमा हस्तक्षेप गरिरहेको छ, यो एकदमै चिन्ताजनक छ, त्यसैले अमेरिका यो गल्तीका लागि तुफानको सामना गर्न तयार रहेस् ।

चीनले खुला धम्की दिँदै हङकङ आफ्नो आन्तरिक मामिला भएको र यसबाट अमेरिका टाढै रहोस् भन्ने आफूले चाहेको बताएको छ ।

तुफानको सामना गर्नको लागि तयार रहनू

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले एक ट्वीट गर्दै भने, यदि अमेरिकाले हेपेर बसिरहेको भन्ने सोचेको छ भने, यो जंगलको कानून भन्दा कम छैन, किनभने यसको साम्ना गर्न अब अमेरिका तयार रहोस् ।

उनले थपे, सद्भावना बिना शक्ति जति नै बढी हुन्छ, त्यति नै त्यसको खतरा पनि बढी हुन्छ, रुख सधैँ शान्तिको आशा राख्छ, तर तीव्र हावा आईरहन्छ, यदि अमेरिका समुन्द्रमा आफ्नो अधिपत्य बनाउन चाहान्छ भने अमेरिकाले यो ठूलो तुफानको खतरा सहन सक्नुपर्छ ।

अमेरिको मंगलवार हङकङ मामिलामा एक नयाँ कानूनलाई स्विकृति दिएको छ ।

यस कानूनका अनुसार अमेरिका तमाम चिनियाँ अधिकारीविरुद्ध कारवाही गर्न सक्छ, जसले हङकङमा लोकतन्त्रको मागलाई दबाईरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?