काठमाडौं, १३ फागुन । प्रधानमन्त्री चयनको १० दिनभन्दा बढी भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन केही दिनदेखि मन्त्रिपरिषद विस्तारका लागि एमाले र माआवादी केन्द्र लागिपरेपनि मन्त्रीको टुंगो लाग्न नसक्ने मन्त्रिपरिषद विस्तार हुन सकेको छैन माओवादीको भागमा परेको गृहमन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा अझै टुंगो लाग्न नसकेको छैन । गृहमन्त्रीका लागि माओवादी केन्द्रमा रामबहादुर थापा, वर्षमान पुन र जनार्दन शर्मा दावेदार देखिएका छन् गृहमन्त्रीमा थापा र पुनले आफ्नो अडान छाडेका छैनन् । गृहमन्त्री कसलाई बनाउने भन्ने टुंगो नलाग्दा माओवादी केन्द्रले मन्त्रीको नाम दिन सकेको छैन गृहमन्त्रीमा माओवादी केन्द्रभित्र विवाद देखिएको छ भन्ने अन्य मन्त्रीमा पनि दाबेदारहरुको लर्को लागेपछि टुंगो लागिनसकेको बताइन्छ मन्त्रीका लागि माओवादी केन्द्रमा वरिष्ठ नेता थापा, पुन, शर्मासहित, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव, गिरिराजमणि पोखरेल, बिना मगर, जयपुरी घर्तीलगायत दर्जनबढी आकांक्षी रहेका छन् यस्तै एमालेभित्र पनि क–कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागिसकेको छैन । आज साँझसम्म मन्त्रीको टुंगो लगाएर सोमबार शपथ ग्रहण गराउने तयारी गरिएको छ एमाले स्थायी कमिटीले प्रमुख नेताहरुसँग छलफल गरेर मन्त्री चयन गर्ने जिम्मा ओलीलाई दिइएको छ । यद्यपि एमालेभित्र मन्त्रीका आकांक्षीहरु बढेका कारण क–कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया