छिमेकीलाई खुकुरी प्रहार गर्ने पक्राउ

काठमाडौं । भोजपुरमा खुकुरी प्रहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  छिमेकीलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा साल्पासिलिछो गाउँपालिका-६ तिनथाङ बस्ने ४० वर्षीय राम कुमार राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँ बस्ने २२ वर्षीय सादेव राईलाई खेतमा पानी लगाई घर फर्किने क्रममा विवाद भई राम कुमारले खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले राम कुमार राईलाई घाइते अवस्थामा फेला पारी सामान्य उपचार पश्‍चात पक्राउ गरेको हो ।

खुकुरी प्रहारबाट घाइते भएका सहदेवलाई स्वास्थ्य चौकी दोभाने हुँदै थप उपचारको लागि तुम्लिङटार संखुवासभातर्फ लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?