कांग्रेस केन्द्रीय समिति बैठकः संसदको बैठक अगावै दलका नेता चयन

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकले संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन गर्ने भएको छ । केन्द्रीय समितिले संघीय संसदको पहिलो बैठक अगावै नै दलको नेता चयन गर्ने छ आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको केन्द्रीय समितिको बैठकमा आफ्नो धारण राखेपछि बाहिर निस्किएका प्रवक्त विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार आज बसेको बैठकले संसदीय दलको विधान परिमार्जनसहित पारित गरेपछि दलको नेता चयनका लागि समिति गठन गरि सम्पन्न हुने छ शर्माले भने, ‘आजको बसेको बैठकले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउन निर्वाचन समिति निर्माण गर्ने छ । तर, अहिले समिति प्रस्तावित भइसकेको भने छैन ।’प्रवक्ता शर्माका अनुसार केन्द्रीय समितिको बैठकमा मध्यानहृनसम्म एक दर्जन नेताहरुले आफ्नो धारणा राखिसकेका छन् । रमेश लेखक, मिन विश्वकर्मा, धनराज गुरुङ, अर्जुननरसिंह केसी, चिनकाजी श्रेष्ठ, कुमार खड्का, पुष्पा भुसाल, नविन्द्रराज जोशी, दिलेन्द्रप्रसाद बडु, रामकृष्ण यादव, डा. रामशरण महत र आनन्द प्रसाद ढुंगानाले बैठकमा धारणा राखिसकेको प्रवक्ता शर्माले जानकारी दिए संसदीय दलको नेता चयन गरिसकेपछि अर्को बैठक राखेर निर्वाचनको समिक्षा गर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकमा बताएको शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?