३० वर्षपछि प्रिमियर लिग ट्रफी चुम्दै लिभरपुल

काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुललाई घरेलु मैदानमै उपाधि ट्रफी प्रदान गरिने भएको छ । लिभरपुलले च्याम्पियन ट्रफी जुलाई २२ मा एनफिल्डमा पाउने भएको हो ।

लिग अन्तर्गत चेल्सीविरुद्धको खेलपछि लिभरपुलले उपाधि उचाल्ने भएको हो । सिजनको अन्तिम खेल न्युकासलसँग उसैको मैदान खेल्ने भएको कारण लिभरपुललाई एक खेल अगाबै ट्रफी दिन लागिएको हो ।

तर, लिभरपुलले ट्रफी उचाल्दा समर्थकहरु भने हुने छैनन् । कोरोना भाईरसको महामारीको कारण खेल बन्द रंगशाला भईरहेको छ । उपाधि समारोह पनि बन्द रंगशालामा हुनेछ ।

लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको हो । यस अघि लिभरपुलले सन् १९८९ र ९० को सिजन प्रिमियर लिगको उपाधि जितेको थियो ।

यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा १८ अंकले अघि रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?