कतार विश्वकप फुटबल नोभेम्बर २१ बाट (तालिकासहित) 

काठमाडौं । कतारमा आयोजना हुने २०२२ को फिफा विश्वकप फुटबल नोभेम्बर २१ बाट शुरु हुने भएको छ । फिफा विश्वकप कतारले बुधबार खेल तालिका सार्वजनिक गर्दै नोभेम्बर २१ बाट विश्वकप शुरु हुने जनाएको छ ।
उद्घाटन खेल अल बयट स्टेडियममा हुनेछ । यस्तै विश्वकपको फाइनल लुसेल स्टेडियममा डिसेम्बर १८ मा हुने जनाएको छ ।
समूह चरणको हरेक दिन ४ खेल हुनेछ । समूह चरणको खेल १२ दिनमा सकिने छ । विश्वकप फुटबलको २२ औं संस्करणमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएको थियो । तर, कतार विश्वकप भने जाडो मौषममा आयोजना हुनेछ ।
जुन र जुलाईमा कतारको गर्मी अत्यधिक हुने कारण फिफाले विश्वकप जाडो मौषम गर्ने निर्णय गरेको हो ।
यस्तो छ खेल तालिका : 
Image
एजेन्सी 
यो पनि पढ्नुहोस् : मरुभूमिमा यस्तो भव्य रंगशाला बनाउँदैछ कतार, देखेर आँखि भौँ उचाल्नुहुनेछ (फोटोफिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?