वैज्ञानिकको नयाँ खुलासा : के गर्भमा पनि कोरोनाको खतरा हुन्छ ?

काठमाडौं । अहिले सम्म अमाको गर्भमा बढीरहेको बच्चालाई कोरोना संक्रमणको खतरा हुन्छ कि हुँदैन भन्ने कुरामा शंका थियो । तर वैज्ञानिकहरुले गरेको नयाँ शोधमा गर्भमा बढीरहेको बच्चालाई पनि कोरोना संक्रमणको खतरा हुनसक्ने कुरा पत्ता लागेको छ ।

अहिलेसम्म शंकामा रहेको यो कुरा अब भने क्लियर भएको छ । यसैबीच एक बच्चीमा जन्मिएपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

बच्चीलाई अहिले आईसीयूमा राखेर उपचार गाराईरहिएको छ । डाक्टरले परीक्षणका क्रममा आमाको गर्भनालबाटै बच्चीलाई कोरोना भाएको पत्ता लगाएका छन् ।

किनभने बच्चीकी आमा पहिल्यैदेखि कोरोना संक्रमित थिइन् । यो घटना अमेरिकाको हो ।

डाक्टरका अनुसार यो घटना यो कुराको प्रमाण हो कि, आमाको गर्भमा पनि बच्चा संक्रमित हुन सक्दछ । पछिल्लो हप्ता इटालीका एक्सपोर्टले पनि केहि यस्तै प्रमाण जुटाएका थिए, जसबाट पत्ता लाग्छ कि, कोरोना संक्रमण गर्भमा पनि हुन सक्दछ ।

उनका अनुसार एचआईभी, जीका र केहि अन्य भाइरसले भ्रुणको गर्भमा संक्रमित गर्न सक्दछन् ।

त्यसैले सावधानी अपनाउन आवश्यक छ । तर अहिले पनि केहि डाक्टरहरु यो कुरामा असहमत छन् ।

अमेरिकामा जन्मिएकी कोरोना संक्रमित बच्चीलाई श्वासप्रश्वासमा समस्या र खोकी लागेको थियो । उनको सुरक्षाको लागि आईसीयूमा राखेर उपचार गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?