काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद र शक्ति समिकरणको समाधानको लागि सहमति जुटाउन आज फेरी पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल बीचको छलफल शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो दुई अध्यक्षबीच भएको भेटवार्तामा आज बैठक बसी ठोस रणनीति बनाउने गरी कुराकानी भएको थियो । आगामी साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति कायम गर्नको लागि दुई अध्यक्षबीचको छलफल तिव्र भईरहेका बेला आज वरिष्ठ नेता माधव कुमार नेपाल पनि बैठकमा उपस्थित भएका छन् ।
पार्टीको आन्तरिक विवाद मिलाउन दुई अध्यक्षबीच मङ्गलबार र बुभबार छलफल भएको थियो । दुई अध्यक्षले सहमतिको बिन्दु नपहिल्याएका कारण स्थायी कमिटी बैठक पटक – पटक सरिरहेको छ ।
आजको बैठकमा नेता नेपाल पनि उपस्थित भएका कारण केहि निष्कर्ष निस्कन्छ कि नेकपा स्थायी कमिटीका एक सदस्यले लोकपथसँग भने ।
पार्टीका एक अध्यक्ष प्रचण्ड, माधव नेपाल तथा झलनाथ खनाल समूहसहित सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष्ँ ओलीको राजीनामा मागेका छन् भने ओलीले दुवै पद नछाड्ने अडान लिईरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया