काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ५ लाख ८६ हजार ७७६ जनाको मृत्यु भईसकेको छ भने १ करोड ३६ लाख ९० हजार २१९ जनालाई संक्रमण भएको छ । त्यस्तै ८० लाख ३६ हजार ६०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५९ हजार ६१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा अहिलेसम्म १ लाख ४० हजार १४० जनाको मृत्यु भएको छ भने ३६ लाख १६ हजार ७४७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १६ लाख ४५ हजार ९६२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ हजार ४५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्यूयोर्कमा ३२ हजा ४९५ जनाको मृत्यु भएको छ भने ४ लाख ३० हजार २७७ जनालाई संक्रमण भएको छ ।
क्यालिफोर्नियामा ३ लाख ५५ हजार २८५ जनालाई संक्रमण भएको छ भने ७ हजार ३६१ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा ३ लाख १ हजार ८१० जनालाई संक्रमण भएको छ भने ४ हजार ५२१ जनाको मृत्यु भएको छ ।
अमेरिकामा बुधवार ७१ हजार ६७० जना संक्रमित थपिएका छन् भने ९९७ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया