कोभिड–१९ महामारीका कारण बन्द भएको खाडी मुलुकहरूको जनजीवन सामान्यतर्फ फर्किन थालेको छ । घर आउन तयार बसेका नेपाली कामदार पुनः काममा खटिन थालेका छन् ।
संक्रमणलाई नियन्त्रण गर्न सफल भएको भन्दै खाडीका विभिन्न मुलुकले चरणबद्ध रूपमा लकडाउन खुकुलो बनाउँदै लगेका छन् । कुवेतले झन्डै तीन महिना पूर्ण आइसोलेसनमा राखेको महाबुल्लाह र जिलिप क्षेत्रलाई शुक्रबारदेखि खुला गरेको छ । कुवेतमा कार्यरत झन्डै ८० प्रतिशत नेपाली कामदार तिनै दुई क्षेत्रमा बस्दै आएका छन् । कतार, साउदी अरब, युएई जस्ता देशमा पनि यही अवस्था रहेकाे आजकाे कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया