काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ५ लाख ८३ हजार ५ सय ६१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ३५ लाख ६७ हजार ५९ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट ७९ लाख २२ हजार ९ सय ६० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५९ हजार ५ सय १२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ३९ हजार ५ सय २१ जनाको ज्यान गइसकेको छ ।
बितेको २४ घण्टामा २७ हजार ७ सय ९८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३५ लाख ७२ हजार ८ सय ७५ पुगेको छ । हालसम्म १६ लाख ८ हजार ९ सय ९६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ३ सय ३६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ७८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया