रोकियो अनलाइन कक्षा, विद्यालयले धमाधम अभिभावकलाई एसएमएस पठाउँदै

काठमाडौं । प्याब्सन र एनप्याब्सनले सरकारले आफ्नो माग पूरा नगरेको भन्दै अनलाइन कक्षा भोलिदेखि बन्द गर्ने निर्णय लिएसँगै निजी विद्यालय सञ्चालकले यसबारे अभिभावकलाई जानकारी गराएका छन् ।

विद्यालयलेहरुले अभिभावकलाई एसएमएस पठाउँदै अर्को व्यवस्था नभएसम्म अनलाइन कक्षा नहुने जानकारी गराएका छन् । कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा विद्यालयले छोटो समय भएपनि अनलाइनमार्फत पठनपाठन गराउँदै आएकोमा यो पनि बन्द भएपनि अभिभावकले चिन्ता व्यक्त गरेका छन् ।

निजी विद्यालय सञ्चालकहरुले साउन १ गतेदेखि अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गर्ने निर्णय गरेका छन् । यस्तै शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर बिदा दिने निर्णय समेत निजी विद्यालयले गरेका छन् ।

यसैबीच शिक्षामन्त्रालयले भने वैकल्पिक सिकाइका आफ्नो पाठ्यक्रमअनुसार पूर्वनिर्धारित रेडियो तथा टेलिभिजन कक्षा जारी रहने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?