काठमाडौं – आजबाट साउन महिना लागेको छ। हरियाली देखिने यो मौसम भएको महिना साउन हो । यस महिनालाई धार्मिक महिना पनि भनिन्छ । त्यसैले श्रावण महिनालाई वर्षकै सबभन्दा पवित्र महिना मानिन्छ । साउनमा विशेष नियमहरूको पालना गर्ने परम्परा शताब्दियौंदेखि चलिआएको छ । यस्तै एउटा नियम मासु र रक्सीको सेवन नगर्ने पनि हो । यो नियम सदियौँदेखि चल्दै आएको छ ।
आखिर मान्छेहरुलाई किन साउन महिनामा रक्सी र मासु नखान भनिएको हो ? यसका धार्मिक र वैज्ञानिक कारण छन् ।
धार्मिक कारण :
यसै पनि हिन्दू धर्ममा मद्यपान र मांसाहारलाई राम्रो दृष्टिले हेरिन्न । अरुको हत्या हिंसा गर्ने मानिसको मन स्थित हुन्न भनिन्छ । त्यसैपनि साउन जस्तो पवित्र र धर्मकर्मको महिनामा यिनीहरूको सेवन वर्जित नै छ । भगवान् शिवलाई पूजा गरी मन शान्त बनाउने सात्विक भोज गर्ने दान गर्ने हरियो पहेँलोको महिना हो, यो । त्यसैले तपाईको खानपान शैली फरक छ भनेपनि कम्तिमा यो महिना परिवर्तन गर्नुहोस् ।
जीवहत्या गर्नु यसै पनि पाप हो र पवित्र साउन महिनामा यो पाप बोक्नु अनुचित छ । यो महिना पशुहरूको प्रजननको समय हो र गर्भावस्थामा रहेको पशुको हत्या गरेर निकालिएको मासु खाएर पापको भागिदार हुँनुहुँदैन भन्ने मान्यता रहेको छ ।
वैज्ञानिक कारण :
पेय पदार्थ अन्र्तगत रहेका जाँड /रक्सी त जुनसुकै बेलामा पनि नपिएको राम्रो । स्वास्थ्यलाई नराम्रो असर गर्ने भएका कारण चिकित्सकले बारम्बार भनिरहेका छन् । साउनमा पूजापाठ ध्यान, तप, दान गर्नाले मन शान्त हुन्छ भने रक्सीले तत्कालिन र दिर्घकालीन समस्या सिर्जना गर्छ । अब भननुहोस् किन रक्सी पिउनु त ?
अनि मासुको कुरा गर्दा साउनमा बादल लागेर हाम्रो शरीरले सूर्यको प्रकाश राम्ररी पाउँदैन । यसले गर्दा हाम्रो पाचनशक्ति कमजोर हुन्छ र मासु जस्तो छिट्टै नपच्ने कुरा लिँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या आइलाग्छन् ।
बर्खाको मौसममा पशुहरूलाई अनेकौँ किसिमका संक्रामक रोग लाग्छन् र त्यस्ता रोगी पशुको मासु खाँदा रोग सर्छ ।
साउनको महिना मानिसहरु भगवान् शिवको ध्यान जप गरेर खुसी हुन र मनमा स्फूर्ति ल्याउन सकिन्छ । भगवान् शिवको प्रिय बार भएकाले यस महिनाको सोमबारेको विशेष महत्व छ । तर यस महिनाभर सात्विक भोजन गर्न व्रत, पूजापाठ, दान लगायतका काम गर्दा पूण्य प्राप्त हुने विश्वास छ ।
बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो हुने गरेकोमा यसपटक भने कोरोनाको कारण मानिसहरुले आफ्ना नजिकका शिवालयमा गएर पूजाआज गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया