घुस लिँदालिँदै रंगेहात समातिए इन्जिनियर

काठमाडौं । घुस लिँदालिँदै बागलुङको ढोरपाटन नगरपालिकाका इन्जिनियर समातिएका छन् । कास्की बस्दै आएका इञ्जिनियर मिलन अधिकारीलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएको अख्तियारको पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले बताए ।

आर्थिक वर्ष सकिनै लागेको बेलामा सेवाग्राहीसँग योजना मिलाइ दिएको बहानामा घुस लिएको अभियोगमा उनलाई समातिएको हो । उनले १ लाख रुपैयाँ घुस लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?