सभापति देउवा पक्ष महाधिवेशन प्रभावित पार्न लागेको पौडेल पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गतिविधी गर्न लागेको निष्कर्षमा रामचन्द्र पौडेल पक्ष पुगेको छ । पौडेल पक्षले सभापति देउवाको ध्यानाकर्षण गराउने तयारी थालेको छ ।

पौडेल पक्षको बुधवार अनामनगरमा भएको भेलाले सभापति देउवा समुहले पार्टी प्रवेशका नाममा जथाभावि क्रियाशील सदस्यता वितरण गर्ने लागेको भन्दै रोक्नुपर्ने सहभागि नेताहरुले बताएका थिए । भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शाशंक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अजुर्ननरसिंह केसी, डा मीनेन्द्र रिजाल, दीलेन्द्रप्रसाद बडु लगायतका नेताहरु सहभागि थिए ।

भेलामा सभापति देउवा समुहले आफुसंग असहमत पक्षलाई अनुशासनका नाममा कारवाही गरेर तर्साउने काम थालेको निष्कर्ष निकालेको छ । विषेश गरि प्रवासमा रहेका कतिपय आफुसंग असहमत नेता कार्यकर्ताहरुलाई कारवाही गरेर सभपाति देउवा पक्षले तर्साउन खोजेको निष्कर्ष निकालेको छ । पछिल्लो पटक बेल्जियम जनसम्पर्क समितिकी सभापति सिता सापकोटालाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।

सापकोटालाई नागरिकता विधेयकमा उपभापति बिमलेन्द्र निधीको विचारसंग असहमती जनएको आरोपमा कारवाही प्रक्रिया अगाडि बढाइएको छ । सभापति देउवा पक्षले प्रवासमा मात्र नभएर मुलुकभित्र पनि असहमत पक्षलाई तर्साउन लागेको निष्कर्षमा पौडेल पक्ष पुगेको छ । त्यसैगरि विभाग गठनका नाममा सभापति देउवा पक्षले विभिन्न नियुक्तीमा लागेकोमा समेत आपत्ती जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?