५ लाख घुस लिँदालिँदै मेयरका छोरासहित २ जना अख्तियारको फन्दामा

काठमाडौं । सिरहाको कल्याणपुर नगरपालीकाका मेयरका छोरा सहित दुईजना पाँच लाख घुस सहित अख्तियारको फन्दामा परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलिले लहान २२ भोटियाटोल नजिककैको एक पेट्रोल पम्पबाट लेनदेन गरिरहेका मेयर सूर्यनाथ मण्डलका छोरा ३५ वर्षिय सन्त कुमार मण्डल र उनीसँगै रहेका जितेन्द्र महतोलाई अख्तियार टोलिले आज अपरान्ह घुस रकम सहित नियन्त्रणमा लिएको हो ।

कल्याणपुरका मेयरले डिपीआर गरेको भुक्तानी दिन सेवाग्राहिसँग मागेको ५ लाख घुस लिन छोरालाई पठाएको बेला अख्तियार टोलिले नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?