अमेरिकालाई चीनले दियो चेतावनी, ‘भन्यो गम्भीर परिणामका लागि तयार रहनू’

काठमाडौं । अमेरिका र चीनको बीच लगातार टकरावको स्थिती सिर्जना भईरहेको छ । दक्षिण चीन सागरको मामिलामा दुबै देशको बीचमा स्थिती गम्भीर बन्दै गएको हो ।

दक्षिण चीन सागरमा चिनियाँ दाबी गैर कानूनी बताउँदै आएको अमेरिकाविरुद्ध चीनले चेतावनी दिएको हो ।

चीनले सिधै अमेरिकालाई चेतावनी दिँदै १ हजार वर्ष पहिला देखिको दक्षिण चीन सागर अमेरिकाले अहिले आएर कब्जा गर्नु मुर्खता हुन सक्ने र अमेरिकाले गम्भीर परिणाम भोग्न तयार रहन चेतावनी दिएको हो ।

चीनले अमेरिकाले दक्षिण चीन सागरको साथै अन्य एशियाली देशहरुमा आफ्नो कब्जा गर्न खोजेको चीनको आरोप छ ।

मंगलवार मात्र अमेकिरी विदेश मन्त्री माइक पोम्पेओले संसारको रणनीीतक रुपमा अहं रहेको दक्षिण चीन सागरमा चीनलाई समुन्द्री साम्राज्यको रुपमा प्रयोग गर्न नदिने बताएका थिए ।

चीनका विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बेइजिंगमा सञ्चारमाध्यमसँग कुराकानी गर्दै अमेरिकी विदेश मन्त्रीको भनाई लज्जास्पद र तथ्यहीन रहेको बताएका छन् ।

झाओले इतिहासका अनुसार दक्षिण चीन सागर चीनको रहेको बताएका छन् । उनले दक्षिण चीन सागर चीनको ऐतिहासिक अधिकार भएको पनि बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?