काठमाडौं- नेपालमा कोरोना भाइरस ‘कोभिड -१९’ को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका ३६ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उनी दाईको दाहसंस्कार गर्न केही समयअघि भारतको मुम्बई गएका थिए । उनको दाई पनि कोरोनाकै कारण मृत्यु भएको थियो ।
भारतबाट फर्किएपछि स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाईन्मा रहेकै अवस्थामा उनको स्वास्थ्यमा समस्या आएको थियो । असार २९ गते स्वास प्रस्वासमा समस्या आएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिुएको थियो । सोही दिन नमुना संकलन गरी हेटौडा प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनको बुधवार दिउँसो २ः३० बजे उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
आइसियुमा उपचारकै क्रममा रहेका उनको बुधबार दिउँसो निधन भएको हो । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा नेपालमा थप १ सय १६ जनामा संक्रमित पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ ।
जसमा ११ हजार २५ जना संक्रमित निको भएर घर फर्किएका छन् । बुधबार मात्रै ६ सय ९७ जना डिस्चार्ज भएका छन् ।
अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा १ हजार १ सय १३ जना उपचाररत रहेका छन् ।
बुधबार विभिन्न २६ वटा प्रयोगशालामा ५ हजार ९० वटा पीसीआर परीक्षण भएका छन् । हालसम्म कुल २ लाख ९८ हजार ८ सय २९ जनाको पीसीआर परीक्षण भएको छ ।
देशभरी २४ हजार ५सय २७ जना क्वारेन्टाईनमा छन् ।
थपिएका संक्रमितको विवरण यस्तो छ ।
बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा : धनकुटाका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : मोरङका १ जना र ताप्लेजुङका १ जना
गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशालामा गरिएको परिक्षणमा : सप्तरीका १३ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा : धनुषाका ६ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा : नुवाकोटका १ जना,काठमाडौंका ४ जना र सिन्धुपालचोकका १ जना
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा : काठमाडौंका २ जना
भरतपुर अस्पताल प्रयोगशाला भरतपुरमा गरिएको परिक्षणमा : चितवनका ८ जना र नवलपरासी पूर्वका ११ जना
किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौडामा गरिएको परिक्षणमा : रौतहटका ५ जना
त्रिबि विश्व विद्यालय शिक्षण अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : धादिङका १ जना,काठमाडौंका १ जना,पाल्पाका १ जना र गोरखाका १ जना
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा : कास्कीका ३ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा : तँनहुका ३ जना र म्याग्दीका ९ जना
चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला मा गरिएको परिक्षणमा : सल्यानका ३ जना
सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : अछामका १ जना,दैलेखका ३ जना जाजरकोटका १ जना,जुम्लाका २ जना,मुगुका १ जना,सल्यानका २ जना र सुर्खेतका २८ जना
डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुरामा गरिएको परिक्षणमा : डडेल्धुराका २ जना
आज थपिएका ११६ संक्रमित कुन प्रदेशका कति ?
प्रदेश नं १ मा ३ जना
प्रदेश नं २ मा २४ जना
बाग्मती प्रदेशमा १८ जना
गण्डकी प्रदेशमा २७ जना
प्रदेश नं ५ मा १ जना
कर्णाली प्रदेशमा ४० जना
सुदूरपश्चिम प्रदेशमा ३ जना
हालसम्म कुन प्रदेशमा कति जनामा कोरोना संक्रमण पुष्टि भयो ?
प्रदेश नं १ मा ७ सय ७८ जना
प्रदेश नं २ मा ४ हजार ४ सय १६ जना
बाग्मती प्रदेशमा ८ सय ३९ जना
गण्डकी प्रदेशमा १ हजार ३ सय ५ जना
प्रदेश नं ५ मा ४ हजार ९३ जना
कर्णाली प्रदेशमा १ हजार ७ सय ८७ जना
सुदूरपश्चिम प्रदेशमा ३ हजार ९ सय ५९ जना
नेपालमा थप ६९७ जना कोरोना संक्रमण मुक्त
नेपालमा थप ६९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा संक्रमण मुक्त हुनेको कुल संख्या ११ हजार २५ रहेको छ ।
आज थप ६९७ जना कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएकोस्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जानकारी दिए ।
आइसोलेसनमा रहेका बिरामीहरुको प्रादेशीक विवरण
नेपालमा हालसम्म ६ हजार १ सय १३ जना बिरामी आइसोलेसनमा रहेका छन् । कुन प्रदेशमा कति छन् आइसोलेसनमा ?
प्रदेश नं १ मा ४० जना
प्रदेश नं २ मा १ हजार ८ सय ९९ जना
बाग्मती प्रदेशमा ४ सय ६६ जना
गण्डकी प्रदेशमा ३ सय ६९ जना
प्रदेश नं ५ मा ६ सय ५१ जना
कर्णाली प्रदेशमा ३ सय २० जना
सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ६८ जना
घट्दै क्वारेन्टाइनमा बस्नेको संख्या, कुन प्रदेशमा कति ?
नेपालमा हाल २४ हजार ५ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ । क्वारेन्टाइनमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा रहेका छन् । जहाँ सुदूरपश्चिम प्रदेशमा ६ हजार ५ सय २७ रहेका छन् । भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन् । जहाँ कर्णाली प्रदेशमा १ हजार ७ सय ५६ जना रहेका छन् । कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?
प्रदेश नं १ मा ३ हजार ४१ जना
प्रदेश नं २ मा २ हजार ९ सय ४१ जना
बाग्मती प्रदेशमा १ हजार ८ सय ९६ जना
गण्डकी प्रदेशमा ३ हजार ८ सय ४४ जना
प्रदेश नं ५ मा ४ हजार ५ सय २२ जना
कर्णाली प्रदेशमा १ हजार ७ सय ५६ जना
सुदूरपश्चिम प्रदेशमा ६ हजार ५ सय २७
कोरोना संक्रमित नभएका यी ४ जिल्ला
भोजपुर
मुस्ताङ
हुम्ला
मनाङ
५०० भन्दा बढी कोरोना संक्रमित भएका यी ५ जिल्ला
महोत्तरी
रौतहट
बाजुरा
कैलाली
पाल्पा
काठमाडौंमा थपिए ७ जना संक्रमित
बितेको २४ घण्टामा भएका ५ हजार ९० वटा पीसिआर परिक्षणमा काठमाडौंका ७ वटा नमुनाको रिपोर्ट पोजेटिभ आएको छ ।
राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौं टेकुमा गरिएको परिक्षणमा ४ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा २ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा १ जना गरी बितेको २४ घण्टामा काठमाडौंमा मात्रै ७ जनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ भने सबैजना चिकित्सकको निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर संक्रमितको संख्या घटिरहेको अवस्थामा काठमाडौं उपत्यकामा भने संक्रमित बढीरहेका छन् ।
बितेको २४ घण्टामा ललितपुर र भक्तपुरमा संक्रमित थपिएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया