काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ८२ हजार २६७ जनाको मृत्यु भईसकेको छ भने १ करोड ३५ लाख ९८२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७८ लाख ८६ हजार ५७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५९ हजार ५२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३९ हजार १८९ जनाको मृत्यु भईसकेको छ भने ३५ लाख ४८ हजार ५४६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ लाख ९२६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ३३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४६ जनाको मृत्यु भएको छ भने ३ हजार ४६९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म १९ लाख ३३ हजार ६५५ जनालाई संक्रमण भएको छ भने ७४ हजार ३३६ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा १२ लाख १३ हजार ५१२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७४ जनाको मृत्युु भएको छ भने २ हजार ४५१ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म २४ हजार ३७१ जनाको मृत्यु भईसकेको छ भने ९ लाख ४१ हजार ६३० जनालाई संक्रमण भएको छ । त्यस्तै ५ लाख ९४ हजार ७२३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५६ जनाको मृत्यु भएको छ भने ४ हजार १४३ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ११ हजार ७७० जनाको मृत्यु भईसकेको छ भने ७ लाख ४६ हजार ३६९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५ लाख २३ हजार २४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १५६ जनाको मृत्यु भएको छ भने ६ हजार ४२२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै पेरुमा अहिलेसम्म १२ हजार २२९ जनाको मृत्यु भएको छ भने ३ लाख ३३ हजार ८६७ जनालाई संक्रमण भएको छ । त्यहाँ २ लाख २३ हजार २६१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ३२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चिलीमा अहिलेसम्म कोरोनाबाट ७ हजार ६९ जनाको मृत्यु भएको छ भने ३ लाख १९ हजार ४९३ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ८९ हजार २२० जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ९१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ४०९ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ३ हजार ६९९ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४४ हजार ९६८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९१ हजार ३७३ जनालाई संक्रमण भएको छ । त्यहाँ १६२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३६ हजार ३२७ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार ४८६ जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ९३ हजार ९७६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ८३६ जनाको मृत्यु भएको छ भने ७ हजार ५१ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ईरानमा अहिलेसम्म १३ हजार ४१० जनाको मृत्यु भएको छ भने २ लाख ६४ हजार ५६१ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख २७ हजार ५६१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार ४४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ३८८ जना नयाँ संक्रमित थपिएका छन् भने १९९ जनाको मृत्यु भएको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ९८४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४३ हजार ३४४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९५ हजार ४४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म ५ हजार ३८६ जनाको मृत्यु भएको छ भने २ लाख ५५ हजार ७६९ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ७२ हजार ८१० जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार ७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा ६६ जनाको मृत्यु भएको छ भने २ हजार १६५ जना नयाँ संक्रमित थपिएका छन् ।
बितेको २४ घण्टामा विश्वमा १ हजार ९१८ जनाको मृत्यु भएको छ भने ५२ हजार ४३१ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया