बेपत्ता इञ्जिनीयरको शव फेला

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुई मध्ये एक जनाको शव भेटिएको छ ।

परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो १२ बजे दुई जना बेपत्ता भएको थियो । तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनियर सतिस गोहितको शव आज अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगरको खोजी जारी रहेको पनि उनले बताए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?