यस्तो छ आइसोलेसनमा रहेका बिरामीहरुको प्रादेशीक विवरण

काठमाडौं । नेपालमा हालसम्म ६ हजार १ सय १३ जना बिरामी आइसोलेसनमा रहेका छन् ।

बितेको २४ घण्टामा थप ६ सय ९७ जना कोरोना उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । हालसम्म ११ हजार २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएसँगै ६ हजार १ सय १३ जना देशका विभिन्न अस्पतालहरुमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

आइसोलेसनमा रहेका मध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा रहेका छन् । भने सबैभन्दा कम प्रदेश नं १ मा रहेका छन् । हाल सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ६८ जना आइसोलेसनमा उपचाररत रहेका छन् भने पदेश नं १ मा ४० जना संक्रमित रहेका छन् ।

कुन प्रदेशमा कति छन् आइसोलेसनमा ?

प्रदेश नं १ मा ४० जना

प्रदेश नं २ मा १ हजार ८ सय ९९ जना

बाग्मती प्रदेशमा ४ सय ६६ जना

गण्डकी प्रदेशमा ३ सय ६९ जना

प्रदेश नं ५ मा ६ सय ५१ जना

कर्णाली प्रदेशमा ३ सय २० जना

सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ६८ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?