काठमाडौं । नेपालमा हाल २४ हजार ५ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ । क्वारेन्टाइनमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा रहेका छन् । जहाँ सुदूरपश्चिम प्रदेशमा ६ हजार ५ सय २७ रहेका छन् । भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन् । जहाँ कर्णाली प्रदेशमा १ हजार ७ सय ५६ जना रहेका छन् ।
नेपालमा हालसम्म ६ हजार १ सय १३ जना बिरामी आइसोलेसनमा रहेका छन् । बितेको २४ घण्टामा थप ६ सय ९७ जना कोरोना उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । हालसम्म ११ हजार २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएसँगै ६ हजार १ सय १३ जना देशका विभिन्न अस्पतालहरुमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?
प्रदेश नं १ मा ३ हजार ४१ जना
प्रदेश नं २ मा २ हजार ९ सय ४१ जना
बाग्मती प्रदेशमा १ हजार ८ सय ९६ जना
गण्डकी प्रदेशमा ३ हजार ८ सय ४४ जना
प्रदेश नं ५ मा ४ हजार ५ सय २२ जना
कर्णाली प्रदेशमा १ हजार ७ सय ५६ जना
सुदूरपश्चिम प्रदेशमा ६ हजार ५ सय २७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया