हालसम्म कुन प्रदेशमा कति जनामा कोरोना संक्रमण पुष्टि भयो ? (सूचिसहित )

काठमाडौं । नेपालमा हालसम्म १७ हजार १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै संक्रमितको हालसम्म ११ हजार २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएसँगै ६ हजार १ सय १३ जना देशका विभिन्न अस्पतालहरुमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

हालसम्म प्रदेश नं २ मा सबैभन्दा धेरै कोरोना संक्रमण देखिएको छ । भने सबैभन्दा कम प्रदेश नं १ मा पुष्टि भएको छ । प्रदेश नं २ मा ४ हजार ४ सय १६ र प्रदेश नं १ मा ७ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए ।

हालसम्म  कुन प्रदेशमा कतिमा पुष्टि भयो कोरोना संक्रमण ?

प्रदेश नं १ मा ७ सय ७८ जना

प्रदेश नं २ मा ४ हजार ४ सय १६ जना

बाग्मती प्रदेशमा ८ सय ३९ जना

गण्डकी प्रदेशमा १ हजार ३ सय ५ जना

प्रदेश नं ५ मा ४ हजार ९३ जना

कर्णाली प्रदेशमा १ हजार ७ सय ८७ जना

सुदूरपश्चिम प्रदेशमा ३ हजार ९ सय ५९ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?