साउन महिनामा राजनीतिक संकट टर्ने भएपनि प्राकृतिक तथा दैवी प्रकोप बढ्ने

काठमाडौं । श्रावण महीनामा ५ बिहीवार, ५ शुक्रवार, ५ शनिवार र ५ आईतवार तथा सूर्यसंक्रान्ति बिहीवार परेको छ । श्रावणकृष्ण,श्रावणशुक्ल र भाद्रपद कृष्णपक्ष साउन महिनामा पर्दछ । गुरुवासरीय संक्रान्तिले वायु बतासको,प्राकृतिक प्रकोप जस्तै पहाडका वस्तीहरुमा पहिरो जाने तथा तराईका फाटहरुमा डुबान हुनेछ । महिनामा ५ बिहीवारले अशुभादिको संभावना, ५ शुक्रवारले जनसंख्या वृद्धि गराउने, ५ शनिवारले महंगी बढाउने तथा दुर्गक स्थानमा खाद्यसंकटको सामना गर्नुपर्ने तथा ५ आईतवारले रोगव्यादि निम्त्याउनेछ ।

साउन महिनामा बिगतमा देखिएका समस्याहरु सरल देखिदै जानेछन् । शैक्षिक जगतामा विस्तारै सुधार आउनेछ । प्रशस्त वर्षा हुने हुँदा कृषिजन्य कार्य र पशुपंक्षी पालनको व्यवसायमा लगानी बढ्नेछ । जग्गा जमीनको कारोवार विगत महिनाभन्दा फस्टाएर जानेछ । व्यापारिक गतिविधिहरु विस्तारै सूचारु हुदै नाफाको सुचकतिर वृद्धि हुनेछ ।

राजनीतिमा विगतमा देखिएका अविस्वासहरु चिर्दै नेताहरु जनताको कामहरु गर्न अग्रसर देखिनेछन् । सरकारी तथा प्रशासनिक काममा भीडभाड देख्न सकिनेछ । वैदेशिक रोजगारमा सुधारको संकेतहरु प्रस्टसँग देख्न सकिनेछ । व्यायभार नियन्त्रण भन्दा बाहिर जानेछैन ।

जनताले रोजेका प्रतिनिधि तथा सेवा प्रवाह गर्नेहरुका मनमा पापीय मनोवृति बढ्दै जानेछ । धर्मप्रतिको आस्धा त्यती समारात्मक बन्ने छैन । शत्रुहरु हाबी हुने तथा दलाल प्रवृति हाबी हुँदै जानेछ । ईमान्दारी व्यक्तिहरु समाजमा टिक्न मुस्किल नसक्ने तथा शत्रुहरु वाधा पुर्याउनमा सफल बन्दै जानेछन् । दैनिक उपभोग्य वस्तु जस्तै खाद्यान्न तथा सुन,चाँदी,मणि,मोति लगाएत महुमूल्य वस्तुहरु मंहगा हुनेछन् ।

भूक्षय,भूकम्प,बाढी,पहिरो,सवारी दुर्घटना जस्ता दैवीय विपत्तीले महिनाभर सताउनेछ भने मौसममा गढबडी आईरहनेछ । कँही खण्डवृष्टि,कतै अतिवृष्टि होला । साउन महिनामा पुर्वीय दिशामा तनावदायी स्थिती आउनेछ ।

ज्यो.दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?