हेर्नुहोस् २०७७ साल साउन १ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साउन ०१ गते । बिहीवार । इ.स.२०२० जुलाई १६ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । ने.सं. ११४० बछलागा । श्रावण कृष्णपक्ष । तिथी– एकादशी,२१ बजेर ५६ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– कृतिका,१८ बजेर ०७ मिनेट उप्रान्त रोहिणी ।

योग गंड,२४ बजेर २७ मिनेट उप्रान्त वृद्धि । करण– बव,०९ बजेर १८ मिनेट उप्रान्त बालव,२१ बजेर ५६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–वृष । काठमाडौंमा सूर्योदय ५ बजेर १९ मिनेटमा, सूर्यास्त १८ बजेर ५९ मिनेटमा । दिनमान ३४ घडी १० पला । आषाढ मसान्त । कामिका एकादशी व्रत।

श्रावण संक्रान्ति। कर्कट राशिमा सूर्य बेलुकी १० बजेर ४७ मिनेटमा प्रवेश । शास्त्रोक्त दक्षिणायन प्रारम्भ। कण्डारक पूजा। लूतो फाल्ने सांस्कृतिक दिवस। थारू समुदायको गुरिया पर्व। बैतडी, गुजरमा बनारसी साउने मेला प्रारम्भ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ ।

व्यापार व्यवसायबाट सामान्य आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडी हरुका लागि समय उत्तम रहेको छ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राजनीतिकर्मी तथा समाजसेवी हरुले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरिमा सहकर्मिहरुलाई पछि पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेको छ ।

पढाईले लेखाईमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । कृषि क्षेत्रमा गरिएको लगानीबाट आगामी दिनमा मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आशा देखाउनेहरु सक्रिय हुनेछन् ।

कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्नेछ ।

अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । तर पनि लामो दुरिको यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ ।

राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहेनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने कार्यक्षेत्रमा तारिफ योग्य काम गरी लोकप्रियता कमाउन सकिनेछ ।

माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ ।

पैत्रिक धन तथा सम्पत्तीको प्रयोग मार्फत कृषि क्षेत्रमा लगानी गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

अल्पकालिन तथा दीर्घकालिन योजना बनाई कार्यान्वयन गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्र बलियो रहनेछ भने पढाईमा मन जानेछ ।

वौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरु साटासाट हुनेछ ।

सामाजिक तथा परोपकारि काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नयाँ काम गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

भौतिक वस्तु तथा सवारी साधनको कारोवार गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ । आफन्त तथा साथिभाईसँग मनमुटाव सिर्जना हुने योग रहेको छ ।

व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले गरीरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

रमाईलो तथा पारिवारिक माहोलमा दिन बित्नेछ भने पारिवारिक माहोलमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । कृषि क्षेत्रमा समय व्यतित हुनेछ ।

अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पुराना विवादहरु साम्य हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईको हातमा पर्नेछ ।

माया प्रेमका कोपिलाहरु फक्रनेछन् भने पति पत्नीको सहयोगले उपलब्धीमुलक कामहरु गर्न सकिनेछ । ऋण,रोग तथा संकटको सामाना गर्ने शक्ति जुटाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

विद्या स्थानमा गोचर गर्ने चन्द्रमाले पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ । वुद्धिको प्रयोग गरी अरुलाई प्रभावित पार्न सकिनेछ । आफन्त तथा सन्तानको साथ पाईने तथा उनीहरुको प्रगतिमा मन रमाउनेछ ।

मनमुटुमा राखेको मानिसबाट उपहार प्राप्त हुदा तपाईभन्दा खुशी अरु कोहि हुने छैनन् । कृषि क्षेत्रमा केहि समय व्यतित हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सजक नबन्दा आफन्त टाडनेछन् भने अध्ययन तथा कामको शिलशीलामा लामो दुरीको कष्टकर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । व्यापारमा मन्दी आउने भएपनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । छोटो समयका लागि हेरिने फाईदाले पछिलाई घाटा हुन सक्छ । योजनाहरु तत्काल सार्वजनिक नगर्नु नै उत्तम हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आँट,शाहस तथा पराक्रमा वृद्धि भएर जाने हुनाले उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

लेखन कला तथा साहित्यमा बाँकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङ्गमा रमाउने चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?