ताइवानका सांसदबीच हानाहान, एक गम्भीर घाईते

काठमाडौं । ताइवानका सांसदबीच नामाङ्कनको विषयलाई लिएर हानाहान भएको छ ।

झगडाका क्रममा केहि सांसद घाईते भएका छन् भने संसद भवनको झ्याल ढोकाका सिसाहरु फुटेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विपक्षी कोउमितांग पार्टीका सदस्य सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिव पार्टीसँग भीडेको हो ।

उनीहरुले नामाङ्कन गर्न गईरहेकी चेन चूलाई संसदको मुख्य चेम्बरमा पस्न रोकेका थिए । त्यसपछि दुबै दलका समर्थक एकअर्काबीचमा भीडेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

झगडाका क्रममा सांसद घाईते

कोउमितांग पार्टीका एक सांसद झगडाका क्रममा गम्भीर घाईते भएका छन् । अन्य भने दुबै पक्षका सांसदहरु घाईते भएका छन् ।

यो भन्दा अगाडि पनि ताइवानमा यस्तो घटना सार्वजनिक हुँदै आएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?