९ चैत्र २०७९, बिहीवार

२ नम्बर प्रदेशमा हारेपछि के भने केपी ओलीले ?

२०७४,आश्विन,७,शनिवार ००:४६

0
Shares

काठमाडौँ, ७ भदौ- प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले प्रदेश २ को स्थानीय तह चुनावमा सोचेजस्तो सफलता नपाए पनि मतका हिसाबले सन्तोषजनक अवस्था रहेको उल्लेख गर्दै मंसिरको चुनावमा ७ वटै प्रदेश र केन्द्रमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्, कान्तिपुरमा खबर छ ।झन्डै एक वर्षपछि बसेको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले अबको निर्वाचनबाट सातवटै प्रदेश र केन्द्रमा पनि एमाले नेतृत्वको सरकार बन्ने ठोकुवा गरे । स्थानीय चुनावको समग्र परिणाममा पार्टी पहिलो भएको उल्लेख गर्दै यही जनमतको आडमा मंसिरको चुनावमा सफलता हासिल गर्ने उनले उल्लेख गरे ।‘सत्ताको दुरुपयोग, षड्यन्त्रलगायत कारण प्रदेश २ को परिणाम यस्तो आए पनि समग्रमा एमालेको मत राम्रो छ, आउँदा चुनावमा हामी त्यहाँ जित्छौं,’ ओलीले भने, ‘राष्ट्रिय स्वाधीनताको पक्षमा हामीले लिएको अडान ठीक रहेछ भन्ने चुनावले पनि पुष्टि गरेको छ ।’ स्थानीय चुनावको समग्र परिणामले पार्टीलाई उत्साहित बनाएको उल्लेख गर्दै ओलीले आम घेराबन्दीको बीचमा आएको परिणाम राम्रो भएको उल्लेख गरे । उनले नवौं महाधिवेशनले पास गरेको नीति र सिद्धान्तकै जगमा पार्टीले काम गरिरहको र त्यहीअनुसारको चुनावी परिणाम हासिल गरेको बताए ।बैठकलाई अध्यक्ष ओलीले सम्बोधन गरेपछि सचिव प्रदीप ज्ञवालीले अध्यक्षको प्रतिवेदन पढेका थिए । नेता माधव नेपालले भने पार्टी सञ्चालन गर्ने शैलीदेखि माओवादीसँगको गठबन्धन तोडेकासम्म विषयहरू ल्याएर अध्यक्ष ओलीको आलोचना गरे । उनले माओवादीसँगको सत्ता गठबन्धन तोड्नु एमालेको गल्ती भएको उल्लेख गरे । ‘माओवादीसँग सत्ता गठबन्धन तोड्नु गलत थियो, हाम्रो कारणले गठबन्धन तोडिएको थियो, यसमा गल्ती महसुस गर्नुपर्छ,’ उनले भने ।त्यसबेला माओवादीसँग भएका वार्ताका प्रसंगसमेत उठाउँदै नेपालले गठबन्धन कायम रहेको भए स्थानीय चुनावमा प्रदेश २ लगायत अन्य क्षेत्रमा समेत अहिलेको भन्दा धेरै सिट बढी जित्न सकिने अवस्था हुने दाबी गरे ।

प्रकाशित मिति: २०७४,आश्विन,७,शनिवार ००:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००