अनलाइन कक्षा बन्द गरी शिक्षक-कर्मचारीहरुलाई बेतलवी विदा दिने निर्णय

काठमाडौं । साउन १ गतेदेखि निजी विद्यालयहरुले सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गर्ने निर्णय गरेका छन् । साथै, शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर बिदा दिने निर्णय समेत निजी विद्यालयले गरेका छन् ।

प्याब्सन र एनप्याब्सनले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले शुल्क उठाउन पाउनुपर्नेलगायतका आफूहरुको माग सम्बोधन नगरेको भन्दै यस्तो अप्रिय निर्णय लिन बाध्य भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?