भाडा छुट दिनुपर्ने माग गर्दै सिभिल मलका व्यापारीको प्रदर्शन

काठमाडौं । सिभिल मलका व्यापारीहरुले लकडाउन अवधिको पुरै भाडा छुट गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । सिभिल मलका व्यापारीहरु लकडाउन अवधिको भाडा छुट दिनुपर्ने माग गर्दै मल सञ्चालक विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

सिभिल मल व्यापार संघका उपाध्यक्ष धनबीर श्रेष्ठले लकडाउन अवधिको पुरै भाडा छुट गर्नुपर्ने माग गर्दै १० दिन यता प्रदर्शन गरिरहेको बताए । उनले मल सञ्चालकले वार्ताका लागि अहिले सम्म नबोलाएको र सञ्चालकसँग समझदारी नहुँदा सम्म आन्दोलनलाई जारी राख्ने बताए ।

व्यापारीहरुले लकडाउन अवधिभर पसल खोल्न नपाएको भन्दै उक्त अवधिको पुरै भाडा छुट दिनुपर्ने बताएका छन् । उनीहरुले लकडाउन खुलेपछि पनि व्यापार नभएकाले भाडा तिर्न नसक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?