काठमाडौं – विनाशकारी सलह कीराको नेपाल प्रवेश र नेपालभित्रै पनि उड्ने दिशा र गति वायुको प्रवाहमा निर्भर गर्दछ ।
एकैपटकमा ठूलो क्षति पुर्याउन सक्ने भएको कारण यसको नेपाल प्रवेश सँगै त्रास बढीरहेको छ ।
गत आइतबार दाङ जिल्लाबाट प्रवेश गरेको सलहको लाखौँको झुन्ड प्यूठान हुँदै रोल्पा, रुकुम लगायत पश्चिम उत्तरतर्फ जान थालेको छ भने नवलपरासीमा प्रवेश गरेका केही हजारको संख्यामा रहेका सलहहरु त्रीवेणी क्षेत्रमा आश्रय लिएको प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । यसअघि प्रवेश गरेका सलहले देशका धेरै ठाउँमा क्षति पुर्याएको छ ।
ठूलो संख्यामा भारतको उत्तर प्रदेशको सीमावर्ती क्षेत्रमा रहेका सलहको भुण्ड हावामा उडेर सो वहाव सँगै मध्य तथा पश्चिम तराईका क्षेत्र हुँदै पश्चिमतर्फ लाग्ने पूर्वानुमान गरिएको छ । सो क्रममा सलहहरु मध्य तथा पश्चिम तराईका विभिन्न क्षेत्रमा प्रवेश गर्न सक्ने सम्भावना रहेकाले विशेष गरी मध्य तथा पश्चिम तराई क्षेत्रमा सजग हुन केन्द्रले आग्रह गरेको छ ।

सलहहरु बिस्तारै राजस्थानतर्फ प्रस्थान गर्ने क्रममा रहेको र पश्चिम तर्फ जाने भएकाले यदि कतै सलहको झुन्डको प्रवेश भएको खण्डमा तत्कालै प्रवेश गर्न सक्ने सम्भाव्य क्षेत्रमा सूचना प्रवाह गरी सजग गराइदिनुहुन पनि केन्द्रले आग्रह गरेको छ ।
गत असार १३ देखि १६ सम्ममा प्रवेश गरेका सलहहरुमध्ये छरिएर गएका सलहहरु सानो संख्यामा अझै पनि बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, लगायतका जिल्लामा छन् ।
भिडियोमा हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया