उपमहानगरपालिकाले अपमान गर्‍यो भन्दै सन्जु चौधरी भन्छिन्- ‘स्वाभिमान चाहिएको हो’

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी खेलाडी सन्जु चौधरीले आफु अपमानित हुनु परेको बताएकी छिन् ।
उपमहानगरपालिकाले आफ्नो सातौं नगरसभाको अवसरमा सम्मान गर्ने भनेर बोलाएपनि सम्मान नगरी फिर्ता पठाएर अपमान गरेको उनले बताएकी छिन् ।

सन्जुले आफ्नो सामाजिक संजाल फेसबुकबाट आफु अपमानित हुनु परेको बताएकी छिन् ।

सामाजिक संजाल फेसबुक उनले भनेकी छिन् ‘हामी खेलाडीको स्वभिमान हुँदैन र ?  कुरा नमिली नबुझी सम्मान छ भन्दै बोलाउने । आफु नसके परिवारको सदस्यलाई पठाउनु भन्ने । अनि परिवारको सदस्य पुगेपछि कुरा मिलेन भनेर जानु भन्ने, ? पैसा होइन स्वाभिमान चाहिएको हो । खेलाडीले खेल्ने भनेको देशका लागि हो उनले लेखेकी छिन् ।

सन्जु आफु अहिले काठमाडौंमा रहेको र सम्मानका लागि बुवालाई कार्यक्रममा पठाएकी लोकपथलाई बताइन् । तर, आवश्यक कागजात नपुगेको भन्दै उपमहानगरले बुबालाई सम्मान बिना नै फिर्ता पठाएको उनले बताईन् ।

नेपालको तर्फबाट सञ्जु चौधरीले भारोत्तोलन प्रतियोगितामा ५९ केजी तौल महिला समूहमा स्वर्ण जितेकी हुन् । सन्जु सागमा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी हुन् । भारोत्तोलन प्रतियोगितामा महिलातर्फ नेपालले ऐतिहासिक पहिलो स्वर्ण जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?