तीन वर्ष देखी वडाध्यक्षले किशोरीलाई बलात्कार गरेको खुलाशा, यसरी बाहिरीयो कर्तुत

काठमाडौं । जनप्रतिनीधि भनेका जनताको अभिभावक नै हुन् । स्थानीय स्तरका समस्या नजिकबाट देखेका भोगेका उनीहरु केन्द्र सरकारसँग स्थानीयका पीर मर्का, गुनासो अभाव र अप्ठेरोलाई जोड्लान् र समाधान खोज्लान् र हरेक गाउँ कुनाकाप्चा र केन्द्रले नदेखेको दूरदराजका बस्तीहरुमा न्यूनतम मानविय आवश्यकता परिपूर्ति होला भन्ने हेतुले गएको निर्वाचन अन्य निर्वाचन भन्दा निकै फरक र विशेष रह्यो ।

किनकी त्यो जनताको लागि ऐतिहासिक उपलब्धि थियो । तर समय बित्दै जाँदा स्थानीय सरकारले जनताको लागि गरेका काम, उनीहरुका हर्कत र उनीहरुको कार्यशैली देखेर जनतालाई एकखाले हैरानी र दिक्दारी बढेको छ । हो, पछिल्लो समय बाहिरीएको एउटा घटनामा जो कोहीलाई तरंगित पार्छ ।
घटना हो, कालिकोटमा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ।

उनले एक किशोरीमाथि विभिन्न प्रलोभन देखाएर ३ वर्षदेखि यस्तो हर्कत गरिरहेको खबर बाहिरीएको छ । किशोरीको उजुरीमा यहि ब्यहोरा उल्लेख छ ।

कालिकोट खाँडाचक्र नगरपालिका ६ का वडाध्यक्ष जगदिश शाही किशोरी बलात्कारको आरोपमा पक्राउ परेका हुन् । उनी सत्तारुढ नेपाल काम्युनिष् पार्टी नेकपाबाट निर्वाचित वडाध्यक्ष हुन् ।

शाहीले २०७४ सालदेखी नै विभिन्न प्रलोभनमा पारी १७ वर्षीया किशोरीको बलात्कार गर्दै आएका जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी श्याम ओलियाले लोकपथलाई बताए ।

१७ वर्षीया किशोरी वडाध्यक्ष जगदिश शाही बहिनि नाता पर्ने बुझिएको छ ।

ओलियाका अनुसार विगत ३ वर्ष अगाडि देखी बलात्कार गरेको भन्दै पिडित किशोरी आफैँले उजुरी दिएपछि असार ३० गते पक्राउ गरिएको हो ।

वडाध्यक्ष शाहीलाई बुधवार जिल्ला अदालत कालिकोटबाट म्याद थप गराई थप अनुसन्धान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?