ओली र प्रचण्डबीच वार्ता शुरु

काठमाडौं – प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच वार्ता सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समयअघिबाट वार्ता सुरु भएको हो ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच  शक्ति समिकरणको विषयलाई लिएर रस्साकस्सी चलिरहेको छ ।

यसैबीचमा आफ्नै विवादास्पद अभिव्यक्ति र कार्यशैलीका कारण ओली सङ्कटमा पुगेका छन् । निर्णायक भनिएको उनीहरुको हिजोको वार्ता आज बस्ने गरी सकिएको थियो ।

पार्टीको आन्तरिक समस्या हल गर्न प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगेका प्रचण्ड प्रधानमन्त्रीको रूपरङ देखेपछि विषय नै प्रवेश नगरी खुमलटार फर्किएको समाचार बाहिरीएका थिए । उनी निकटलाई उदृद गर्दै समाचारमा जनाईएअनुसार प्रधानमन्त्री ओली चिन्तित देखिन्छन् ।

प्रधानमन्त्रीको अडानका कारण स्थायी कमिटी बैठक पनि पटक – पटक गरी सारीएको छ ।

लोकपथसँग कुरा गर्दै नेकपाका एक नेताले भने – ”काम कुरो एकातिर छ । प्रधानमन्त्री यो पनि चाहियो त्यो पनि चाहियो भन्नुहुन्छ । भएका सहमति पालना गर्नुपर्‍यो नि ! अनि प्रधानमन्त्रीजस्तो मान्छेले अभिव्यक्ति दिँदा सोचेर बोल्नुपर्‍यो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?