विप्लव समुहका पूर्वी सैन्य इन्चार्ज नन्दबहादुर पक्राउ

काठमाडौं । नेपाल सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका पूर्वी कमाण्ड सैन्य इन्चार्ज नन्दबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश १ प्रहरीको अनुसन्धान टोली र मोरङ प्रहरीको संयुक्त टोलीले नन्दकिशोर भन्ने सैन्य इन्चार्ज बोहोरालाई मोरङको उर्लाबारीबाट बुधबार पक्राउ गरेको हो ।

उनी नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका सेती महाकाली इन्चार्ज समेत रहेका थिए ।

मोरङ प्रहरीका अनुसार कालिकोट फेनेली घर भएका बोहोरा उर्लावारी नगरपालिका ३ मंगलबारेमा लुकीछिपी बस्दै आएका थिए । उनको साथबाट पेस्तोल, गोली र अन्य बस्दोबस्तीका सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?