ओलीकाे बोलीमा के भन्छन् विपक्षी दल ?

प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को अप्रमाणित विषय बोलेर छिमेकी भारतसँग सम्बन्ध बिगार्न थालेको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन् ।

सार्वजनिक रूपमा कार्यकारी प्रमुखबाट आएका विवादास्पद अभिव्यक्तिले दुई देशबीचको सम्बन्धलाई जटिलतातिर धकेल्ने विपक्षी दलहरूको भनाइ छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसले नयाँ नक्साअनुसारको अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा ध्यान अन्यन्त्र मोड्न यस्तो फन्डा अघि सारेको टिप्पणी गरेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले त ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् ।

कांग्रेसका अर्का नेता शेखर कोइरालाले धर्म र आस्थालाई राजनीति तथा कूटनीतिको हतियार बनाएर प्रधानमन्त्री ओलीले सत्ताको मलजल गर्न खोजेको टिप्पणी गरेका छन् ।
राप्रपाका अध्यक्ष कमल थापाले प्रमको स्तरबाट उटपट्याङ, अपुष्ट र अप्रमाणित कुरा आउनु उपयुक्त नभएको बताएका छन् । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?