चल्न थाले केही सार्वजनिक सवारी

स्वास्थ्य सावधानी अपनाएर गाडी सञ्चालन गर्नुपर्ने भन्दै छलफलमा व्यस्त छन्, यातायात व्यवसायी ।
छलफल जारी रहँदा केही ठूला बस, माइक्रो र टेम्पो भने सोमबारबाटै उपत्यकामा फाट्टफुट्ट सञ्चालनमा आएका छन् ।

मयूर यातायात सोमबारबाट सञ्चालनमा आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

संयुक्त र सुन्दर यातायात भने मंगलबारदेखि चलेको महाशाखाको भनाइ छ ।
छिटफुट रूपमा माइक्रो र टेम्पो पनि सञ्चालनमा आएको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?