सबै भन्दा धेरै कोरोना संक्रमित भएका यी ५ देश

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ५ लाख ७७ हजार ९ सय ३३ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ३३ लाख ३८ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ७७ लाख ६ हजार ७ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५९ हजार २ सय १ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ३८ हजार ६ सय ९९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २६ हजार ९ सय ६५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३५ लाख ६ हजार ४ सय ४८ पुगेको छ । हालसम्म १५ लाख ६५ हजार ५ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ९ सय ४९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ५२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ७ हजार ५ सय ९६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १८ लाख ९५ हजार ५ सय ५५ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ७३ हजार १ सय ६१ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १२ लाख १३ हजार ५ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ४० जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २४ हजार ३ सय १४ पुगेको छ । बितेको २४ घण्टामा २८ हजार ७ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ९ लाख ३६ हजार ३ सय ६८ पुगेको छ । हालसम्म ५ लाख ९३ हजार १३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ५ सय ८७ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय १४ पुगेको छ । बितेको २४ घण्टामा ६ हजार २ सय ४८ जनामा कोरोना पुष्टि भएको र १ सय ७५ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ७ लाख ३९ हजार ९ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ५ लाख १२ हजार ८ सय २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कुनै असर देखिएको छैन् । हालसम्म पेरुमा १२ हजार ५४ जनाको कोरोनाको कारण ज्यान गएको छ । भने ३ लाख ३० हजार १ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख ८९ हजार २ सय २० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ३ सय १४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?