यशोधरा गाउँपालिकाको बजेट ५५ करोड ६ लाख

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिकाको सम्पन्न छैटौँ सभाबाट आर्थिक वर्ष २०७७।०७८ का लागि ५५ करोड छ लाख छ हजार ७९२ को बजेट स्वीकृत भएको छ ।

बजेटमध्ये चालुतर्फ १३ करोड ३४ लाख ५४ हजार २९२ र पूँजीगततर्फ रु १४ करोड ९१ लाख रहेको गाउँपालिका प्रमुख गिरीजेशकुमार पाण्डेयले बताए ।

वडा नम्बर ६ का वडाध्यक्ष श्यामनारायण उपाध्यायले सभामा बजेट प्रस्तुत गरेका थिए। सो अवसरमा कांंग्रेस नेता सुधाकर पाण्डेयले विकासनिर्माणको कामलाई तीव्ररुपमा अघि बढाउनुपर्नेमा जोड दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?